काठमाण्डु- बझाङको मस्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले समाजिक सञ्जालमा आलोचना गर्नेलाई धम्की दिएका छन् ।
गाउँपालिकाले रोजगार सहायकमा भ्याकेन्सी खोलेपछि परीक्षामा नाम निकालेको ब्यक्तिलाई नियुक्त गर्नुको साटो अर्कै ब्यक्तिलाई किन नियुक्त गरिएको स्टाटस लेखेपछि अध्यक्ष ज्ञानबहादुर आक्रोशित बनेका हुन ।
‘म उहाँको समर्थक हो । चुनावमा पनि एक गिलास चिया नखाएर उनको प्रचारमा होमिएको थिए । तर, गाउँपालिकाले रोजगार सहायकमा भ्याकेन्सी खोलेपछि परीक्षामा नाम निकालेको ब्यक्तिलाई नियुक्त गर्नुको साटो अर्कै ब्यक्तिलाई नियुक्त गर्यो । यो अधिकार स्थानीय सरकारलाई कहाँबाट आयो भन्ने मेरो प्रश्न हो । परीक्षा गरेपछि रिजल्टमा पास भनेर कविता खड्काको नाम आयो तर, नियुक्ती चाँही अरुलाई नै गर्यो , हो यसको जवाफ चाँही गाउँपालिकाले दिनुपर्छ,’ स्टाटस लेख्ने व्यक्तिले नाम नखुलाउने शर्तमा भने ।
ती युवाले गत बैशाख ३० गते भएको स्थानीय तहको चुनावमा बोहरालाई जिताउन उल्लेखनीय भूमीकासमेत खेलेका थिए । अध्यक्ष बोहराले ती युवालाइ कसैले इगो लिने काम गरे आफू पनि इगो लिनमा कम्ता नभएको भन्दै चेतावनी दिएका छन् । फेरि पनि स्टाटस लेखे नराम्रो हुने पनि आशय बोहराको छ ।
यता अध्यक्ष बोहराले भने आफूले कसैलाई धम्की नदिएको जिकिर गरेका छन् । उनले आफूले ब्यक्तिगतरुमा इगो लिनु हुँदैन भन्न खोजेको मात्र बताएका छन् । ‘मैले कसैलाई धम्की दिएको छैन । ब्यक्तिगत, पारिवारिक रुपमा इगो लुनु पर्दैन भन्ने हाम्रो मान्यता हो । अर्को कुरा झुटो कुराको प्रचार गर्नु गलत हो । लेख्न र आलोचना गर्न पाइन्छ तर झुटो प्रचार गर्न पाइदैन । ’, उनले भने ।




प्रतिक्रिया