अब व्यवसायिक सवारी साधन चलाउने चालकले ८ कक्षा पास गरेको हुनुपर्ने (मस्यौदासहित)

अब व्यवसायिक सवारी साधन चलाउने चालकले ८ कक्षा पास गरेको हुनुपर्ने (मस्यौदासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले मोटरसाइकलमा चालकको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने गरी कानुनको मस्यौदा तयार गरेको छ।

दुईपांग्रे सवारीसाधनमा चालकको पछाडि सिटमा बस्नेलाई पनि हेल्मेटअनिवार्य गर्नेगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ को मस्यौदा तयार गरेको हो।

‘सडक यातायात सेवालाई सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई सर्वसाधारण जनतालाई सरल, सुलभ र गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन वाञ्छनीय भएकोले’ उक्त विधेयक अगाडि बढाइएको प्रस्तावनामा उल्लेख छ ।

सरकारले २०६१ सालदेखि मोटरसाइकलका चालकसहित त्यसमा सवार यात्रुका निम्ति हेल्मेट अनिवार्य गरेको थियो । तर, २०६२–०६३ को जनआन्दोलनपछि गठित सरकारले ‘सम्पूर्ण शाहीकालीन आदेश तथा निर्देश खारेज हुने’ भनी एकमुष्ट निर्णय गरेपछि दुई हेल्मेटको व्यवस्था पनि खारेज भएको थियो ।

विधेयकको दफा ४२ को उपदफा ३ मा ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने उल्लेख छ ।

विद्यमान व्यवस्थामा नेपाली नागरिकता प्राप्त गरेको कुनै पनि व्यक्तिले लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार १६ वर्षकै उमेरदेखि सवारी साधन चलाउन पाइने सुविधा थियो ।

साढे तीन र दुई पांग्रे सवारी साधन (मोटरसाइकल) चालकका हकमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ । व्यवसायिक सवारी साधन चलाउने चालकले कक्षा ८ उत्तीर्ण नगरेको अवस्थामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नपाइने व्यवस्था गरिएको छ