सञ्चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो


सुनसरी – सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना रोकिएको छ ।

कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा (एमाले) का जगदीशप्रसाद कुसियैतले २१ हजार ६ सय ३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement