उदयपुर १ मा पुनः मतगणना सुरु


काठमाण्डु – उदयपुर १ मा तीन दिनदेखि रोकिएको मतगणना पुनः सुरु भएको छ । निर्वाचन आयोगले निर्देशन दिएपछि उक्त क्षेत्रमा मंगलबार बिहानबाट गणना सुरु भएको हो ।

यसअघि केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र प्रतिनिधिसभातर्फको मतपेटिकामा भेटिएको र तथ्यांकमा रहेका मतपत्रभन्दा बढी पाइएपछि विवाद भएको थियो ।

एमाले लगायतका केही स्वतन्त्रका उम्मेदवारले फेरि मतदान हुनुपर्ने माग राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध भएको थियो । याे क्षेत्रमा कांग्रेस उम्मेदवार नारायण खड्का र एमालेकी मञ्जु चाैधरीबीच कडा प्रतिस्पर्धा चलेकाे छ । खड्का थाेरै मतान्तरले अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement