समानुपातिकतर्फ ९६ लाखभन्दा बढी मतगणना, कुन दलले कति पाए ?


काठमाण्डु – प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पछिल्लो मतगणनाअनुसार कुल ९६ लाख २ हजार ५७६ मत गणना सकिएको छ । मतगणना तथ्यांकअनुसार एमाले पहिलो स्थानमा छ । उसले २५ लाख ९३ हजार ४६६ मत ल्याएको छ ।

२४ लाख ५७ हजार ३०३ मतसहित कांग्रेस दोस्रो स्थानमा छ । माओवादी केन्द्र तेस्रो दल बनेको छ । माओवादीले ११ लाख चार हजार ८३३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार एक सय ९६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पाँच लाख ५२ हजार आठ सय ७४, जनता समाजवादी पार्टीले तीन लाख ५८ हजार नौ सय २२ मत ल्याएको छ ।

जनमत पार्टीले तीन लाख १ हजार ६२० मत, एकीकृत समाजवादीले दुई लाख ६५ हजार ५४७ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार ३०५ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार ४०८, नेपाल मजदुर किसान पार्टीले ७३ हजार १६९, हाम्रो नेपाली पार्टीले ५३ हजार ३५२ , मंगाेल नेसनल अर्गनाइजेसनले ४६ हजार ५०१ र राष्ट्रिय जनमोर्चाले ४५ हजार ३०५ पाँच मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement