समानुपातिकतर्फ १ करोडभन्दा बढी मतगणना, नेकपा एसको थ्रेस होल्ड कटेन


काठमाण्डु- संघ र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ १ करोडभन्दा बढी मतगणना भएको छ । मंसिर ४ गते एकै चरणमा भएको संघ र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ १ करोड १२ हजार ४८ मतगणना भएको हो ।

जसअनुसार मतगणनाको सुरुवात देखि पहिलो स्थानमा रहेको नेकपा एमालेले २६ लाख ९७ हजार मत पाएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको कांग्रेसले २५ लाख ५५ हजार मत प्राप्त गरेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ४१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार, राप्रपाले ५ लाख ७० हजार, जसपाले ३ लाख ९३ हजार र जनमत पार्टीले ३ लाख ५४ हजार मत पाएको आयोगले जनाएको हो ।

१ करोड १२ हजार ४८ मतगणना सकिँदा नेकपा एकीकृत समाजवादी पार्टीले भने थ्रेस होल्ड कटाउन सकेको छैन। हालसम्म नेकपा एसले २ लाख ८६ हजार १८९ मतमात्रै पाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement