काठमाण्डुसहित तराईका जिल्लामा आजैबाट मतगणना हुने


काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना आजैबाट हुने जनाएको छ ।

आइतबार बिहान ७ बजेबाट देशभर निर्वाचन भइरहेको छ । उक्त निर्वाचनको मतगणना आइतबार राति ९ बजेबाट सुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले काठमाडौंसहित तराईका जिल्लामा आइतबारबाटै मतगणना हु्ने जानकारी दिएका हुन् ।

हिमालीको जिल्लाको सोमबार बिहान ५ बजेबाट मतगणना सृुरु हुने जानकारी दिएका उनले प्रत्यक्षतर्फको ८ दिनभित्र र समानुपातिक तर्फको २२ मंसिरभित्र नजिता राष्ट्रपतिलाई बुझाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement