माओवादी अध्यक्ष प्रचण्डले गरे शिवनगरबाट मतदान

माओवादी अध्यक्ष प्रचण्डले गरे शिवनगरबाट मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्। चितवनको भरतपुर महानगरपालिका–१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर दाहालले बिहान पहिलो मतदान गरेका हुन्।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल शनिबार नै गोरखाबाट चितवन आएका थिए। यस मतदानस्थलमा १७ सय ७ मतदाता रहेका छन्।

२०७४ सालको निर्वाचनमा दाहाल यहीँ क्षेत्र चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।