कांग्रेस महाधिवेशन : तेस्रो पटक थपियो मतदानको समय

कांग्रेस महाधिवेशन : तेस्रो पटक थपियो मतदानको समय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार मतदानका लागि तेस्रो पटक समय थप गरिएको छ । सोमबार मध्याह्न १२ बजेबाट सुरु भएको मतदानका लागि यसअघि ९ बजेसम्मका लागि समय तोकिएको थियो ।

त्यसपछि साढे १० बजेसम्मका लागि तोकिएकोमा अब एक घण्टा थपेर साढे ११ बजेसम्मका लागि पुर्‍याइएको छ । तर मत हाल्ने लाइनमा भने मतदाता छैनन् । नयाँ नेतृतव चयनका लागि ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् ।