महन्थ ठाकुरले दायर गरेको रिटमाथि आज सुनुवाई हुँदै

महन्थ ठाकुरले दायर गरेको रिटमाथि आज सुनुवाई हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) को विवादबारे महन्थ ठाकुरले दायर गरेको रिटको सुनवाईका लागि पेसी तोकिएको छ ।सोमवार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको हो ।

निर्वाचन आयोगले जसपाको उपेन्द्र पक्षलाई पार्टी आधिकारिकता दिएपछि ठाकुरले आफूमाथि अन्याय भएको भन्दै अदालतमा आयोग र यादव पक्षलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।