काठकाण्डु- जनक शिक्षा सामग्री केन्द्रलाई निर्वाचन आयोगले २ करोड मतपत्र छपाई गर्न दिने भएको छ । आइतबार आयोगले २ करोड मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिएको हो । यही चैत १४ देखि मतपत्र छपाई सुरु गर्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
हिमाली तथा दुर्गम जिल्लाका लागि अलि अगाडि नै मतपत्र छापेर ति क्षेत्रमा पु¥याइने उनले जनाए । हाल निर्वाचन आयोग स्गानीय तहको चुनावको तयारीमा जुटेको छ । सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ । त्यसैगरी सरकारले स्थिानीय तहको चुनाव तोकेकै समयमा हुने बताएको छ ।




प्रतिक्रिया