काठमाण्डु – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ ।
आयोगले शनिबार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाण्डु, भक्तपुर र ललितपुर सहित विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन ।
६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।




प्रतिक्रिया