धनुषा–१ मा नेकपा उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

धनुषा–१ मा नेकपा उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वाेच्च अदालतमा विवाद विचाराधीन रहेकै बेला धनुषा निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

उम्मेदवार यादवले आफूलाई निर्वाचित भएको प्रमाणपत्र प्राप्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह ‘कमल’को नाम कालोसूचीमा रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेपछि विवाद सर्वाेच्च अदालतमा पुगेको थियो ।

निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा नगर्न निर्देशन गरेको भए पनि सोमबार नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र प्रदान गरिएको छ । तर निर्वाचन आयोगको वेबसाइटमा अझै पनि निर्वाचन परिणाम सार्वजनिक गरिएको छैन ।