मन्त्री फेरिनेबारे केही थाहा छैन : मातृका यादव

मन्त्री फेरिनेबारे केही थाहा छैन : मातृका यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्री फेरिने कुरा आफूलाई थाहा नभएको बताएका छन् ।

पेट्रिलियम पदार्थको अन्वेषणका लागि दैलख हिडेका मन्त्री यादवले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पछिल्लो समय मन्त्री परिवर्तनको हल्ला चलिरहेपनि मन्त्री फेरिनेबारे आफूलाई केही थाहा नभएको बताए ।

मन्त्री यादवले भने, ‘को मन्त्री परिवर्तन हुने हो त्यो हामीलाई थाहा हुने कुरा होइन, त्यो प्रधानमन्त्रीलाई थाहा हुने हो, मलाई त्यो विषयमा केही थाहा छैन ।’

मन्त्री यादवले दैलेखको पेट्रोलियम पदार्थको बारेमा चिनियाँ टोलीसहित अन्वेषण गर्ने बताए । उनले काम कहिलेबाट सुरु हुन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने पनि बताए ।