नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्छः मन्त्री यादव

नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्छः मन्त्री यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन् । मन्त्री यादवले आफ्नै पुँजी र सीपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन गर्दैनौँ, तबसम्म मुलुकमा व्यापारघाटा कायमै रहने प्रष्ट्याएका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रनिर्माणका लागि आवश्यक पुँजी र प्रविधि मुलुकभित्रै रहेको दाबी गर्दै त्यसको सदुपयोग गरेर अघि बढ्न सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यकता पनि औंल्याए । नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाइ छ ।

‘नेपाल बनाउनलाई हामी आफैं सोचौं र आपसी सहकार्य गरौं’, मन्त्री यादवले भने, ‘सहकार्य गर्नेतिर बढी कोशिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पुँजी पनि हुन्छ ।’

उनले बाह्य पुँजी र प्रविधि भित्र्याउन सकिए पनि आन्तरिक पुँजी र प्रविधिको परिचालन गरेर मात्रै मुलुकलाई बनाउन सकिने पटक–पटक दोहो¥याए ।

मन्त्री यादवले देशभित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भइरहेको पनि स्पष्ट पारे । उनले सबैभन्दा महंगो गाडी चढ्ने तर त्यसको उत्पादन नगर्ने मानसिकता कायम रहँदासम्म मुलुकमा व्यापारघाटा भइरहने तर्क पनि गरे ।