विदेशीको अगाडी झुक्ने कांग्रेसले नै हामीलाई झुक्यो भन्यो : मात्रृका यादव

विदेशीको अगाडी झुक्ने कांग्रेसले नै हामीलाई झुक्यो भन्यो : मात्रृका यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकार कसैका अगाडी नझुकेको दाबी गरेका छन् ।

सोमबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले सरकारसँग विषादी जाँच गरेर ल्याउने क्षमता नै नभएको भन्दै सरकार कसैको दबाबमा नपर्ने बताए ।

उनले विदेशीको अगाडी झुक्ने कांग्रेसले नै ओली सरकार झुक्यो भनेर भन्नु गलत भएको बताए । ‘फेरि आज हामीले बिगारिदिएको होइन । छँदै छैन के विगार्नू ! अनि विदेशीको अगाडि झुक्यो रे ? जसको आफ्नै बानी छ झुक्ने(कांग्रेस), तिनीहरुले विदेशीको अगाडि झुक्यो भनिरहेका छन् । न झुक्ने न लड्ने भिड्ने, आवश्यकता अनुसार डिल गर्ने हो ।’

उनले आफुहरु कसैको दबाबमा नपरेको बताउँदै उनले भने, ‘हामी कसैको दबावमा पर्ने छैनौं । व्यवहारबाट के देखियो भने हामी आफैं नाकाबन्दी गर्नेतिर गयौं । भाउ बढ्न थाल्ने भयो । त्यसअनुसार निर्णय गरिएको हो ।

उद्योग, बाणिज्यतथा आपूर्तिमन्त्री मात्रृका यादवले राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा पदएको जवाफ जस्ताको त्यस्तै :

अहिले एउटा विषयले बजार तातेकाे छ । माननीय जीहरु पनि तान्नु भएको छ । बडा खुसीको कुरा हो । नेपाली जनताको हकहितका लागि तात्नु राम्रो कुरा हो । तर कुन प्रलोभन, कुन नियतले त्यो प्रश्न कहाँबाट उठिरहेछ ? लामो समय सत्तामा बसेर केही गर्न नसकेकाहरुको अहिले अर्कै फूर्तीफार्ती देखिन्छ ।’

हामीले त विषादी खानु हुँदैन भनेर निर्णय गर्यौ । त्यसका लागि जाँच गरेर ल्याउने भन्यौं । तर त्यसका लागि हामीसँग क्षमता नै रहेनछ । म सबै माननीयजीहरुलाई आग्रह गर्छु, एक पटक गएर कृषि मन्त्रालयको क्षमता बुझ्नुपर्यो ।

मेरो कमजोरी हो कि कृषि मन्त्रालयमा क्षमता रहेनछ भन्ने मलाई थाहा भएन । राम्रो काम गर्न खोज्नुलाई कसैले अपराध वा केही बुझ्छ भने अर्कै कुरा हो । हुन त मैले हिजै नै जवाफ दिनुपर्ने हो तर, आफ्नै कारणले गर्न आउन सकिन ।

मन्त्रीजीले के जवाफ दिनुभयो थाहा छैन । तर उहाँकै बाट के जवाफ आएको छ भने हाल नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणको प्रमाणपत्र जारी गर्ने केन्द्रीय तहमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा मात्र अन्तराष्ट्रिय स्तरको प्रयोगशाला रहेको । काठमाडौंमा मात्र रहेको र अरु ठाउँमा नरहेको । सचिवले पठाउनु भएको पत्रमा छ । मन्त्रीजीले पनि सचिवले पठाएको पत्र पढ्नु भएन कि मैले जस्तै । कस्तो हुन्छ भने नि, सचिवले ल्याउँछन, हामी विश्वास गरेर सही गरिदिन्छौं ।

तर नेपाल विचित्रको भयो । प्रतिपक्ष रचनात्मक हुन्छ रे । यहाँ त पक्ष नै कस्तो न कस्तो देखियो । पक्षका साथीहरुले पनि कस्ता कस्ता प्रश्न उठाउन थाले । रचनात्मक हो कि ध्वंशकारी ? जिज्ञाशा राख्नु एउटा कुरा हो, उफ्रिनु अर्कै कुरा हो । यहाँ दुईवटा प्रवृत्ति देखिन्छ ।

एउटा, पाएपछि जे पनि गर्न खोज्ने । अर्को, विपक्षीमा बस्यो वा कुर्सीमा जान पाएन भने पुरै अराजक बनिदिने । यसले देश निमार्णय हुँदैन । यथार्थमा टेकेर बहस गरौं । हामी पनि कमजोरी स्वीकार गर्छौं तर तिललाई पहाड बनाउनु राम्रो होइन । माननीयजीहरु पनि हावाको तलमा बोल्नु भएन । गएर हेर्नुस, हाम्रो के क्षमता छ ।