सचिवलाई विश्वास गर्दा धोका पाएँ : मातृका यादव

सचिवलाई विश्वास गर्दा धोका पाएँ : मातृका यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सचिवलाई विश्वास गर्दा आफुले धोका पाएको बताएका छन् । विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पछि हट्नुपरेको दोष उनले सचिवहरुमाथि लगाएका छन् ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले भने, ‘सचिवले गुमराहमा राखे । तर, यसको म जिम्मेवारी लिन्छु ।’ उनले आफ्नै मन्त्रालयका सचिव तथा कृषि र प्रधानमन्त्री कार्यालयका सचिवले धोका दिएको बताएका हुन् ।

आफू सचिवहरुमाथि भर पर्दा गडबडी भएको उनले दाबी गरे । भारतसँग झुकेको भन्ने आरोपको खण्डन गर्दै उनले व्यवसायीहरुको आग्रहलाई स्वीकारेको बताए । व्यवसायीको पैसा फस्ने भएकाले निर्णयबाट फिर्ता भएको उनको दाबी छ ।

उनले विषादी चेकजाँच गर्ने निर्णय फिर्ता गरिएको नभई भएका संरचनाबाट नियमित चेकजाँच भइरहेको बताउँदै क्वारेन्टाइनको क्षमता छैन भन्ने थाहा नपाई निर्णय गर्नु आफ्नो भूल भएको बताए । उनले छिट्टै क्षमता बढाउने काम द्रुतगतिमा गर्ने उनले बताए ।

यसअघि मन्त्री यादवकै प्रस्तावमा मन्त्रिपरिषद्बाट भारत तथा तेस्रो मुलुकबाट पैठारी हुने तरकारी र फलफूलको भन्सार नाकामा विषादी चेकजाँच गरेर मात्रै भित्र्याउने निर्णय भएको थियो तर, सरकार गत बिहीबार उक्त निर्णयबाट पछि हटिसकेको छ ।