मातृका यादवले किन छाडे अचानक मन्त्रिपरिषद बैठक ?

मातृका यादवले किन छाडे अचानक मन्त्रिपरिषद बैठक ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव अचानक मन्त्रिपरिषद बैठक बीचैमा छाडेर हिंडेका छन् ।

मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठक चलिरहेका बेला यादव बिचैमा उठेर हिडेका हुन् । मन्त्री यादवले आजको संसदमा जवाफ दिनुपर्ने र त्यसको तयारी गर्नुपर्ने भएकाले चाँडै बैठकबाट बाहिरिएको यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए ।

मन्त्री यादवले सोमबार मात्र पत्रकार सम्मेलन गरी भारतीय तरकारी र फलफूलको विषादी परीक्षण प्रकरणमा सरकारलाई सचिवहरुले फसाएको प्रतिक्रिया दिएका थिए ।