मन्त्री यादवले गरे मोतिहारीदेखि चितवनसम्म एलपिजी ग्यास पाइपलाइन निर्माणको सुभारम्भ

मन्त्री यादवले गरे मोतिहारीदेखि चितवनसम्म एलपिजी ग्यास पाइपलाइन निर्माणको सुभारम्भ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म एलपिजी ग्यास पाइपलाइन निर्माण हुने भएको छ । शनिबार अमलेखगञ्ज पुगेर उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले अमलेखगञ्जदेखि पाइपलाइन अब चितवनको लोथरसम्म बिस्तार गर्न लागिएको जानकारी दिए ।

मन्त्री यादवले निगमको अमलेखगञ्ज डिपो परिसरमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई बिस्तार गरी चितवन लोथर र्पुयाउने कार्यको शुभारम्भ गरे । यस्तै मोतिहारीदेखि चितवनसम्म बेग्लै एलपिजी ग्यास पाइपलाइन पनि निर्माण गर्न लागिएको छ । उक्त योजनाका लागि सर्भे गर्ने कामको सुरूवात भएको मन्त्री यादवले घोषणा गरेका हुन् ।

अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइनको दुरी ६२ किलोमिटरको हुनेछ । एलपिजी ग्यास पाइपलाइन चितवनदेखि अमलेखगञ्ज हुँदै मोतिहारीसम्म ९८ किलोमिटर दुरीको हुने नेपाल आयल निगमले जनाएको छ ।