एक वर्ष नपुग्दै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

एक वर्ष नपुग्दै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच भएको सम्झौताको अवधि सकिनुअघि नै अस्ट्रेलियाली प्रशिक्षक रसले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

उनको प्रशिक्षणमा नेपाली टोलीले एएफसी एसियन कप २०२७ को छनोट लगायतका महत्वपूर्ण खेलहरू खेलेको थियो ।

यसै वर्षको फागुन १८ गतेमा एक वर्षको सम्झौतासहित नेपाली टोलीको मुख्य प्रशिक्षकमा उनी नियुक्त भएका थिए ।

उनले ३ दिन घघि कारण नै नखुलाई राजीनामा दिएको र स्वीकृत समेत भइसकेको एन्फाले जनाएको छ ।