नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका रस को हुन् ?

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका रस को हुन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली पुरुष फुटबल टीमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका म्याट रस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फाले प्रशिक्षकका लागि आवेदन दिएका विभिन्न देशका प्रशिक्षकहरूमध्ये रसलाई छनोट गरेको हो।

एन्फालेमुख्य प्रशिक्षकका लागि ४ सय जनाले दिएको आवेदनमध्ये एन्फाले २० जनालाई पहिलो चरणमा शर्टलिस्ट गरेको थियो। तिनै २० जनामध्येबाट अन्तिम ५ जना एन्फाले छानेको थियो र ति ५ जनामध्ये रसलाई नियुक्त गरिएको हो।

एन्फाका महासचिव किरण राईले मुख्य प्रशिक्षक म्याटलाई स्वागत गरेका छन् ।

को हुन् म्याट रस?
अस्ट्रेलियन नागरिक म्याट रस इंग्ल्याण्डमा जन्मिएका हुन् । ४७ वर्षीय रस सहायक प्रशिक्षक रहँदा दक्षिण कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा स्थान बनाएको थियो ।

यूईएफए प्रो लाइसेन्स मान्यताप्राप्त रस यसअघि सन् २०२० देखि सन् २०२३ सम्म दक्षिण कोरियाली राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक रहेका थिए।

उनले यूएईको फर्स्ट डिभिजन फुटबल क्लब युनाइटेड एफसी दुबईको सहायक प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन् भने चिनियाँ यू–१५ राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा १ वर्ष प्रशिक्षण दिएका थिए।

मुख्य प्रशिक्षक रसको मासिक पारिश्रमिक करिब १० हजार अमेरिकी डलर हुने जनाइएको छ।