काठमाण्डु – नेकपा ( माओवादी केन्द्र ) को सोमबार बसेको स्थायी कमिटी बैठक सकिएको छ ।
सोमबार पेरिसडाँडामा बसेको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए ।
आज बसेको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निष्कर्षमा भने नपुगेको प्रवक्ता महराले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान ८ बजे पुनः स्थायी कमिटीको बैठक बस्नेछ ।
त्यसैगरी आजको बैठकमा पार्टीका बारेमा उठेका कुराहरुको निर्णय भोलि बस्ने बैठकले गर्ने जनाइएको छ ।




प्रतिक्रिया