पत्रपत्रिका

मौरिसस जान लागेका १६ नेपाली अध्यागमनबाट फिर्ता

काठमाडौं – रोजगारीका लागि अफ्रिकी मुलुक मौरिसस जाने तयारीमा रहेका १६ नेपालीलाई अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फिर्ता पठाइदिएको छ। नेपाल एयरलाइन्सको उडानबाट दुबई हुँदै मौरिसस जाने तयारीमा रहेका उनीहरुको पासपोर्ट विभागले जफत गरी अनुसन्धानमा पठाएको छ।

dish home

मौरिससमा रहेको एकै कम्पनीमा कामको लागि जान लागेका उनीहरुसँग ई–भिसा प्राप्त भएको प्रामाणिक कागजात नभएको जानकारी विभागले दिएको छ। गौशालामा रहेको जस्मिन इन्टरनेशनल प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजार तिरेर कागजात मिलाएको पत्रमा खुलासा गरिएको छ। वैदेशिक रोजगार विभाग काठमाडौंले समेत उनीहरुको बारेमा केही बताउन नसकेपछि थप छानबिनको लागि उनीहरुको कागजात वैदेशिक रोजगार विभागमा पठाइएको छ।

सो कार्यालयले मकवानपुरका वीरमान महर्जन, रोल्पाका लालबहादुर बुढा मगर, प्युठानका नरबहादुर घर्ती क्षत्री, सप्तरीका लगिनदेव सरदार, प्युठानका हुमलाल घर्ती क्षत्री, धादिङका जीतबहादुर दराई, सप्तरीका श्रवणकुमार सरदार, प्युठानका रामलाल घर्ती क्षत्री, सप्तरीका श्यामकुमार सरदार, प्युठानका खगेन्द्र घर्ती क्षत्री, सप्तरीका सुनील सरदार, रोल्पाका मंगलसिंह कामी, सप्तरीका सत्यनारायण सरदार, रोल्पाका अमरबहादुर थापा क्षेत्री, रोल्पाका बिनबहादुर रोका र रोल्पाका धनबहादुर खड्का रहेका छन्। यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top