आजको मौसम कस्तो रहला ? यस्तो छ मौसम पूर्वानुमान

आजको मौसम कस्तो रहला ? यस्तो छ मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पुर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली भएको छ। बाँकी भू–भागमा मौसम सफा रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

माैसम पुर्वानुमान महाशाखाका अनुसार रही बाँकी भागमा मौसम सफा रहने विभागको अनुमान छ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ।

आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

२४ घण्टाको पूर्वानुमानमा कोशी प्रदेशको पहाडी भेगको एकरदुई स्थानमा हल्का वर्षाको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा एकरदुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयन सेवामा क्षणिक एवं आंशिक असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसमविज्ञले सुझाव दिएका छन् ।