काठमाडौंमा चिसो बढ्यो, यस्तो रहनेछ देशभरको मौसम

काठमाडौंमा चिसो बढ्यो, यस्तो रहनेछ देशभरको मौसम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उपत्यमा चिसो बढेपनि मौसम भने सफा रहने छ ।

आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । आज उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बिच रहने छ । आज ६ः४५ बजे सूर्योदय भयो भने अपराह्न ५ः१० मा सूर्यास्त हुनेछ । विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।

भोलि तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागले सोहीअनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।