देशैभर तापक्रम बढ्दै, प्रदुषण घट्दै

देशैभर तापक्रम बढ्दै, प्रदुषण घट्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा तापक्रम बढ्न थालेको छ । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेको र धेरै ठाउँमा तातो महसूस हुन थालेको ।

आइतबार काठमाडौं उपत्यकाकोअधिकतम तापक्रम २३ दशमलव ६ डिग्री सेल्सियस रहेकामा सोमबार बढेर २३ देखि २५ डिग्री सेल्सियस पुग्ने अनुमान रहेको छ ।

यस्तै सबैभन्दा धेरै विराटनगर, जनकपुर, नेपालगञ्ज, सिमरा लगायतका ठाउँमा ३० डिग्रीभन्दा धेरै तापक्रम रेकर्ड भएको छ ।

यसैबीच सोमबारर कोशी र गण्डकी प्रदेशका केही ठाउँको मौसम आंशिक बदलीको अवस्था छ । बाँकी पहाडी र तराई क्षेत्रका धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिममा भने राति हल्का हिमपातको सम्भावना रहेको छ । यसैबीच बिहीवारदेखि अस्ति शनिवारसम्म भएको वर्षाले काठमाण्डौ उपत्यकासहित देशभरको प्रदूषण घटाएको छ ।