आजको मौसम: कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

आजको मौसम: कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रही बाँकी भू-भागमामा मौसम मूख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमाका एक दुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रही बाँकी भू-भागमामा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमाका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमामा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमाका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।