यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना

यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –देशका केही स्थानमा बुधबार वर्षाको सम्भावना छ । पाँचवटा प्रदेशका केही भूभाागमा हल्का वर्षाको सम्भावना रहेको हो ।

मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

हिमाली भूभागका साथै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना छ ।

विभागले राति हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।  हाल देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।