यी स्थानमा चट्याङसहित वर्षा हुने

यी स्थानमा चट्याङसहित वर्षा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेशको पश्चिमी क्षेत्र, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ।

बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र अन्य प्रदेशका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँ र बाँकी क्षेत्रका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्छ।

चट्याङसहित वर्षाको सम्भावनाले दैनिक जीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।