यी जिल्लामा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

यी जिल्लामा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ ।

यस्तै विभिन्न स्थानमा सोमबार मध्यमदेखि भारीसम्म वर्षा भएको र हुने क्रम जारी रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले बागमती प्रदेशका सिन्धुपाल्चोक, दोलखा, काभ्रे, चितवनलगायत क्षेत्र, गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, कास्कीलगायत क्षेत्र, कर्णाली प्रदेशका जाजरकोट, कालीकोट, जुम्ला, हुम्लालगायत क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी, डढेलधुरा, कञ्चनपुरलगायत क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको जनाएको हो ।

त्यस्तै राती देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा हुने भएकाले विभागले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

वर्षाको क्रम अझै जारी रहेको र विशेष गरी सुदूरपश्चिम प्रदेशका भूभागमा अझै मेघगर्जनसहित वर्षा गराउने बादल विकसित भइरहेकाले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।