मनसुन बाहिरियो, कोशीमा हल्का वर्षाको सम्भावना

मनसुन बाहिरियो, कोशीमा हल्का वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिरिएको छ । जसले गर्दा हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

शनिबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । मनसुन बाहिरिएपनि कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।