न्यूनचापीय प्रणालीको प्रभाव देखिन सुरु, केही स्थानमा वर्षाको सम्भावना

न्यूनचापीय प्रणालीको प्रभाव देखिन सुरु, केही स्थानमा वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालको मौसम प्रणालीमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव देखिन सुरु भएको छ । जसका कारण केही भूभागमा सोमबार वर्षा हुनेछ । हाल देशमा पश्चिमीवायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

सातवटै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।