शनिबारदेखि मौसम सुधार हुने (बुलेटिनसहित)

शनिबारदेखि मौसम सुधार हुने (बुलेटिनसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शनिबारदेखि मौसममा सुधार हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार धेरै ठाउँमा निरन्तर झरी र हिमपात भइरहेकोमा शनिबारदेखि मौसममा सुधार हुँदै जाने छ ।

महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिन अनुसार शुक्रबार कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । रातिदेखि कोशी र मधेशका केही ठाउँमा ठूलो पानी परेको छ । सबैभन्दा धेरै मोरङ, सप्तरी र झापामा पानी परेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । राति कोशी र मधेश प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा हुने सम्भावना छ ।

शनिबार कोशी प्रदेशका थोरै ठाउँमा र मधेश, बागमती तथा गण्डकीका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहे पनि ठूलो पानी पर्ने सम्भावना छैन । यस्तै बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा छिटपुट वर्षा र हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै आइतबार कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।