आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशका थोरै भूभागमा हुस्सु तथा तुवाँलो लागेको छ ।

मंगलबार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यता, काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम सोमबारको तुलनामा मंगलबार घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान ५ : ४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको हो।

सोमबार उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो।