देशै भरको मौसम सफा रहने, काठमाण्डुमा चिसो बढ्दै

देशै भरको मौसम सफा रहने, काठमाण्डुमा चिसो बढ्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

हाल काठमाण्डु उपत्यकासहित देशभर दिनप्रतिदिन चिसो बढिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५ : ४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ । मंगलबार सोही समयमा तापक्रम ७ डिग्री सेल्सियस थियो।