काठमाण्डु – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
बिहीबार दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यता, काठमाण्डु उपत्यकासहित देशभर नै चिसो बढिरहेको छ।
बिहीबार बिहान ५ : ४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया