काठमाण्डु – देशका केही स्थानमा आंशिक बदली रहे पनि मुख्यतया मौसम सफा रहेनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो देशभर मौसममा आंशिक बदली रहनेछ ।
विभागले राति कोसी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।




प्रतिक्रिया