कस्तो रहला आजको मौसम, काठमाण्डु उपत्यकाको तापक्रम ६  डिग्री सेल्सियस पुग्यो

कस्तो रहला आजको मौसम, काठमाण्डु उपत्यकाको तापक्रम ६  डिग्री सेल्सियस पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

केही दिनयता काठमाण्डु उपत्यकासहित मुलुकभर चिसो बढ्दो छ ।

यसै क्रममा बिहीबार बिहान ५ : ४५ बजे काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस पुगेको छ ।

बुधबार पनि यो समयमा उपत्यकाको न्यूनतम तापक्रम त्यति नै थियो ।