आज कुन-कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आज कुन-कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूका मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।