तराईमा हुस्सु र कुहिरो कायमै, काठमाण्डुमा चिसो बढ्यो

तराईमा हुस्सु र कुहिरो कायमै, काठमाण्डुमा चिसो बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो देशका तराई भूभागमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

राति देशका तराई भूभागमा हुस्सु रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यता काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम बढेको छ।

महाशाखाका अनुसार बिहीबार बिहान ५ ः ४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस देखिएको हो। बुधबार यहि समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो।