काठमाण्डु – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
तराई भूभागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।




प्रतिक्रिया