काठमाडौंमा बिहानैदेखि वर्षा,यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौंमा बिहानैदेखि वर्षा,यी प्रदेशमा भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पुर्वानुमान महाशाखाले बुधबारकाे माैसम पुर्वानुमान गरेकाे छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ ।

मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।

कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र मधेस प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी र धेरै भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्क रहन माैसम पुर्वानुमान महाशाखाको आग्रह छ ।