देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाण्डुको तापक्रम ३.३ डिग्री सेल्सियस मापन

देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाण्डुको तापक्रम ३.३ डिग्री सेल्सियस मापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराई भूभागका केही ठाउँहरुमा बिहीबार पनि हुस्सु लागेको छ । दिउँसोसम्म नै तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ ।

हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाण्डु उपत्यकासहित देशभर चिसो छ । काठमाण्डुमा बिहीबार बिहानको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस मापन भएको छ । बुधबार न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।