काठमाण्डु – हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना छ ।
तराई भूभागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ।
दिउँसो देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
यता काठमाण्डु उपत्याको न्यूनतम तापक्रम तल झरेको छ । महाशाखाका अनुसार सोमबार बिहान ५ : ४५ बजे काठमाण्डुको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको हो। आइतबार यहि समयमा काठमाण्डुको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।




प्रतिक्रिया