काठमाण्डु-समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको छ । यसका कारण नेपालको पूर्वी भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भारतमा फैलिएको समुद्री आँधी ‘दाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको बताए ।
पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि देशका अरु ठाउँमा भने मौसम घमाइलो रहनेछ ।
बङ्गालको खाडीमा केही दिनअघि उत्पन्न भएको यो आँधीको प्रभाव भारतको उडिसा र पश्चिम बङ्गालमा पनि परेको छ ।
आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति कोशीलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भ–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।




प्रतिक्रिया