काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज देशभरको मौसम सामान्यतया सफा रहने छ । उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली वा पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन्।
अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ। दिनभर नै देशभर मौसम सामान्यतया सफा रहने छ। यस्तै गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । काठमाण्डु उपत्यकासहित देशभरका तराई क्षेत्रमा बिहान लागेको हुस्सु तथा कुहिरो बिस्तारै हट्दै जाने छ।




प्रतिक्रिया