बिहीबारको मौसम पूर्वानुमान

बिहीबारको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिहीबार आंशिकदेखि सामान्य बदली भइ देशका केहि भागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

यसैगरी, आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

भने, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।