काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिमको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
बुधबार राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। अहिले बिहान सुदूरपश्चिमको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भू–भागमा बिहान पारदर्शितामा कमी भइ सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने बताउँदै विभागले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।




प्रतिक्रिया