आज देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

आज देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पुर्वानुमान गरेकाे छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

शनिबार भने सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।