तराईका एक-दुई स्थानमा हल्का हुस्सु र कुहिरो,यस्तो छ शुक्रबारको मौसम पूर्वानुमान

तराईका एक-दुई स्थानमा हल्का हुस्सु र कुहिरो,यस्तो छ शुक्रबारको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान शाखाले शुक्रबारको मौसम पूर्वानुमान गरेको छ । अहिले पश्चिमी तराई भूभागका अधिकांश स्थानमा बाक्लो हुस्सु–कुहिरो र वाँकी तराई भू–भागका एक–दुई स्थानमा हल्का हुस्सु–कुहिरो लागेको छ ।

स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अधिकांश क्षेत्रको मौसम भने,सामान्यतया सफा रहने मौसम पूर्वानुमान शाखाले जनाएकाे छ । दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने मौसमविदले बताएका छन् । यस्तै राति प्रदेश १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।